नयाँ शक्तिलाई मकाउबाट प्रजुनको ९ सुझाव

Avatar photo
Dhadingpost
शनिबार, असार २४, २०७४

नयाँ शक्ति मकाउले नयाँ शक्ति पार्टी नेपालका संमयोजक निवर्तमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई १३ बुदे सुझाव सर्वजनिक गरेको छ । मकाउमा बसेर नेपाली भु राजनीतिलाई हेरि रहेका नयाँ शक्ति पार्टी कै प्रजुनकुमार अधिकारीले चुनावमा सहभागिता, नेतृत्वको कार्यशैली, पार्टी नीतिका विषयमा प्रश्न उठाउँदै ९ सुझाव मिडिया मार्फ सार्वजनिक गरेका हुन् ।

अधिकारीले सर्वजनिक गरेको १३ बुँदा यस्तो छ ।
१. पहिलो चरण र दोश्रो चरणको स्थानीय तहको चुनावको मत परिणामलाई मध्य नजर राख्दै चुस्त दुरुस्त कमिटी परिचालन गरियोस् । गनिर्वाचनमा कुन कुन नेताहरूलाई कुन कुन ठाउँको जिम्मेवारी दिइएको थियो परिणाम कस्तो आयो मुल्याङ्कन कार्य विभाजन गरियोस् ।
चुनावमा नेतृत्व पाएका तर काम नगर्ने नेतृत्वको पहिचान गरि कार्वाही सम्मको समिक्षा होस् । काम गर्नेलाई पुरस्कार र नगर्नेलाई दण्द हाम्रो पार्टीका अंग बनोस् । सिद्धान्त अनुसार व्यवहार नगर्ने कार्यकर्तालाई जिम्मेवारी नदियोस् ।

२. समिति निर्माण गर्दा समाजमा मान प्रतिष्ठा मान् मर्यादा कमाएको सामाजिक कार्यमा संग्लग्न रहेको र कुशल योग्य क्षमतावान व्यक्तिलाई छनौट जिम्मेवारी प्रदान गरियोस् ।

३. वैदेशिक रोजगारको शिलसिलामा हाम्रो नयाँ शक्तीमा आबद्ध लाखौ युवा साथीहरूलाई स्वदेशमा लगानि गर्न उत्सहित बनाउँदै लगानीको ग्यारेन्टी गरिदिन सक्यो भने बेरोजगारी समस्या केही हद सम्म समाधान गरि व्यक्ति घर गाऊ जिल्ला हुदै देशलाई सम्बृदि तर्फ उन्मुख गराउन सकिन्छ ।

४. सबै युवालाई सम्बृद्धि आफैबाट (व्यक्ति) सुरूवात गर्नु पर्छ भन्ने शिक्षा दिँदै पहिलो बिकास, घरबाट, छिमेक गाऊ टोल हुदै जिल्ला क्षेत्र हुदै देशलाई सम्बृदि बनाऊन सकिन्छ । भनि जन चेतना विकास गराउन जरूरत छ भन्ने सुझाब राख्दछु ।

५. स्वरोजगार भएको युवाहरूलाई ज्ञान सिपको विकास का लागी सिपमुलक तालिम र सहुलियत ऋृण प्रदान गर्न सकियो भने अति प्रभाबकारी हुने देखिन्छ ।

६. वैदेशिक रोजगारको लगानी र स्वरोजगारको माध्यमबाट वेरोजगारी युवाहरूलाई रोजगार दिई केही हद सम्म वेरोजगारी समस्या समाधान गर्न सकिन्छ । देशलाई आर्थिक सम्बृद्धि उन्मुख गराउन सकिन्छ ।
७. साना कुटिर उद्योग धन्दाहरूलाई प्रोत्साहन दिई बास निगाला बेतहरूबाट बन्ने सामान ऊत्पादन र मार्केटिंगको व्यवस्थापन गर्ने, माछा पालन, मौरी पालन, कुखुरा पालन, बंगुर पालन, गाई पालन जस्ता कामहरू प्रति उत्साह गराउन तालिम र सल्लाह तालिम र अनुदानको व्यवस्था गर्ने ।
८. वैदेशिक रोजगारीमा भएको युवालाई स्वदेश फिर्ता गरि स्वदेशमा रोजगारि गर्ने लगानी गर्ने व्यवस्था गर्ने उनीहरूले सिकेको ज्ञान सिप दक्षतालाई स्वदेशमा काम गर्न लगाउने ।

९. नेपाल कृषी प्रधान देश भएको र धेरै कृषी योग्य जमिनहरू त्यतिकै रहेको हुँदा कृषी सम्बन्धी तालिम दिलाई आधुनिक र अर्गानिक खेतीको लागी प्रोत्साहन गराउने र हावा पानी र मौसम अनुसारको खेतीको लागी विशेष योजना बनाउने । धन्यवाद।

प्रजुन कुमार अधिकारी
संयोजक ९ अन्तर्राष्ट्रिय नेपाली समाज INS मकाऊ