हतारो चटारो , असारे बिकास ।
कयाैँ योजना , मात्र छन् अन्धकार ।।
अहो , फ्रीज होला , बिकासे बजेट ।
गराैँ खर्च झट्टै , बनाएर जेट ।। १।।
बजेटै जगेडा , अझै हाप बाँकी ।
झटाझट् गराैँ है , सबै काम ङ्याकी ।।
उनै कागजे बाघ , उभ्याउ भ्रष्ट ।
हसुरेर बन्द्याै , सधैं ह्रिस्टपुस्ट ।। २।।
न धारा न कूवा , न मैदान बाटो ।
न नाला कुलेसो , सबै हुन्छ लाटो ।।
बिकासे कुरा मात्र , झारा र थारा ।
सबै योजना आफुमै ,गर्नु मारा ।। ३ ।।
चटाए घटाए , सबै योजनामा ।
उदारै बने झै , गरे योजनामा ।।
शुभै लाभ भित्री , रमून् कर्मचारी ।
बजाउ मजैले , न ह्वाै शर्मकारी ।। ४ ।।
असारे बजेटै , ल जेटै बनाउ ।
बिकासे कुरामा , सधैं रम्- रमाउ ।।
ठगी खाउ सारा , विकासे बजेट ।
बनाइरहम्ला , नयाँ त्यो गजेट ।।
बद्रीप्रसाद दाहाल
नीलकण्ठ न.पा. ३ धादिङबेसी