पोखरा सम्पर्क समाजद्वारा पिडितलाई आर्थिक सहयोग प्रदान

Avatar photo
Dhadingpost
शनिबार, असार २४, २०७४

धादिङ असार २४ । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६, गोलाङ निवासी सानकान्छा परियारलाई धादिङ–पोखरा सम्पर्क समाजले नगद सहयोग प्रदान गरेको छ ।

हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं.४ स्थित टुँडाकोपाटनमा बस्दै आएका परियारकाको केही दिनअघि भएको अविरल वर्षाका कारण फिर्के खोलामा आएको वाढीले उनको घर बस्नै नमिल्ने गरि क्षेति पुर्याए पछि समाजले राहात कोष मार्फत तत्कालको आधारभुत समस्या हल गर्न पाँचहजार नगद सहयोग गरेको हो । यस्तै आपतकालिन परिस्थितिको लागि धादिङ-पोखरा सम्पर्क समाजले राहात कोस खडा गरेको छ ।

बाढीले परियारको घर खाद्यान्न, भाँडावर्तन, लत्ता कपडा सबै बघाएकोले आफन्तको घरमा बस्दै आएका छन् । त्यो क्षण कल्पना समेत गर्न सक्दिन, अहिले विचल्लिमा छु समाजको सहयोग आफ्नो लागी अमुल्य भएको बताउदै परियारले थप अन्यत्रबाट पनि सहयोगको अपेक्षा राखेका छन् । तस्वीर: राम प्रसाद पाण्डे ‘राजु’