करेन्ट लागेर सिद्धलेक बुङ्चुङमा एकको मृत्यू

Avatar photo
Dhadingpost
असार २३, २०७४

धादिङबेसी असार २३ । दिनभर खेतमा रोपाई सकेर बेलुका खाना पछि नातिनी लिएर सुत्ने तरखरमा रहेकी अन्दाजी ६५ वार्षिय होम कुमारी पौडेलको करेण्ट लागि ज्यान गएको छ ।

नातिनीलाई खाटमा सुताएर आफु सुत्न बत्ती मार्न लाग्नु भएको थियो एक्कासी हजुर आमालाई करेन्ट लाग्यो मैले आतिएर हजुर आमालाई तान्न पुगेछु मलाइ करेन्टले हुत्याए छ, त्यस पछिको मेरो चिच्याहटले अरुहरु जम्मा हुनु भो त्यति खेर सम्म हजुरआमाको ज्यान गई सके छ १२ वर्षिया नातिनी प्रतिज्ञा पौडेलको भनाई उधृत गर्दै घटना स्थलबाट अन्जु थपलियाले धादिङपोष्टलाई बताउनु भयो ।

सिद्धलेक गाउँपालिकाको कार्यालय रहेको घरबेटी स्वर्गिय होम कुमारी पौडेल विहिबार साँझ ९ बजे ज्यान जाने गरि भएको उक्त दुखद दुर्घटनाले बुङ्चुङ बासि शोक मग्न भएका छन् ।