मुआब्जा माग गर्दै आरुघाटबासीको प्रशासनमा धर्ना

Avatar photo
Dhadingpost
बिहिबार, असार २२, २०७४

धादिङ असार २२ । बुढी गण्डकी जलविद्युत आयोजनाबाट उचित मुआब्जा माग गर्दै  आरुघाटबासीले आज जिल्ला प्रशासनमा धर्ना दिएका छन् ।
उचित मुअब्जाको माग गरि रहेका आरुघाटबासीले आज धादिङ र गोरखाको जिल्ला प्रशासनमा एकै पटक धर्ना दिएका हुन् ।

बुढी गण्डकी जलविद्युत आयोजना सरोकार समितिले आरुघाट एरियको जग्गा रोक्का भएको र सरकारले मुअब्जा समेत नदिएकोले कि उचित मुअब्जा दिन, कि रोक्का जाग्गा फुकुवा गर्न माग गरेका छन् । धादिङबेसी पुछार बजारमा जम्मा भएर विभिन्न नारा लेखिएका प्लेकार्ड सहित निस्केको आरुघाटबासीको र्यालीको नेतृत्व सभाषद धनबहादुर घले र नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाडीले नेतृत्व गरेका थिए ।

उक्त र्यालीमा सहभागि सायौं आरुघाटबासीहरु जिल्ला प्रशासन परिसरमा पुगेर धर्नामा सहभागि भएका थिए । प्रमुख जिल्ला अधिकारी साम् लामो समयदेखि राष्ट्रिय गौरवको आयोजनाले पीडितहरुलाई उचित मुआब्जा निर्धारण नगरेको आरोप लगाउँदै अविलम्ब उक्त मुआब्जा निर्धारणमा पूर्नविचार गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

समितिले गोरखाको आरखेतबजार, धादिङ्को खहरेबजार सहित गोरखा र धादिङ्को प्रमुख व्यापारिक केन्द्र आरुघाटबजारको हालसम्म मुल्य निर्धारण नभएको गुनासो गर्दै अविलम्ब ती ठाउँहरुको समेत न्यायोचित र समय सापेक्ष मुल्य निर्धारण तथा पूर्नवास गराई सम्पूर्ण पीडितहरुलाई न्याय दिलाउन समेत अपिल गरे ।