जनप्रतिनीधिलाई राजिनामा दिन दवाव झुट -धेरल

Avatar photo
Dhadingpost
बिहिबार, असार २२, २०७४

धादिङ असार २२ । त्रिपुरासुन्दरी गाउँपालिका वर्डा नं. ७ मा नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधी राममायाँ पन्तलाई राजीनामा दिन दवाव गरिएको समाचार केहि अनलाईन र सामाजिक संजालमा देखिए भन्दै खण्डन गरिएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वर्डा नं ७ को राममायाँ पन्त सहितको वैठकले राजीनामाको कुनै दवाव नगरिएको र कापोकल्पित समाचारहरु संप्रषण नगर्न समेत आग्रह गरेको छ ।

२०७४ जेठ २० गते त्रिपुरासुन्दरी गाउँपालिकामा महिला मानवअधिार रक्षकहरुको जिल्ला संजालको अध्यक्ष गायत्री खतिवडाको उपस्थितिमा महिला सञ्जाल गठन भएको र उक्त गठन प्रक्रियामा कुनै पनि जनप्रतिनीधि र स्थानिय प्रशासनलाई जानकारी नगराई गरिएकोले संजाललाई स्पष्टिकरण सोधिएको हो ।

सोहि विषयलाई लिएर ७ नम्बर वडाका वडाध्यक्ष देवराज धेरलले वडा महिला सदस्य राममाया पन्तलाई राजीनामा दिन दबाब दिएको भनी झुटा खवर सार्वजनिक गराइएको समाचार प्रति राममाया पन्त सहितका जनप्रतिनिधिहरुले खेद व्यक्त गरेका थिए ।

हामी स्थानिय स्तरमा हुने सबै गतिविधिहरुबारे जानकार हुनै पर्छ । हाम्रो कार्यक्षेत्रमा हुने गतिविधि हामीलाई जानकारी नगराई सुटुक्क गरिन्छ भने त्यसको विकल्प कानुनी आधारबाट गरिन्छ धरेलले महिला मानवअधिार रक्षकहरुको जिल्ला संजाल तर्फ इंकित गर्दै धादिङपोष्ट सँग भने । धरेलले हामी जनप्रतिनीधिहरुमा कुनै विवाद छैन र राजीनामा दिन दवाव दिन पनि मिल्दैन दवाव पनि दिएका छैनौ तर केहि मिडियाले दुस्पर्चार गरे त्यहि समाजिक संजाल आएको बताए ।