धादिङबेसी असार २१ । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङको अध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन् ।
धादिङबेसीमा बुधबार सम्पन्न चौथो साधारणसभा तथा तेश्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ पाविल साप्ताहिकका कार्यकारी सम्पादक तथा नागरिक राष्ट्रिय दैनिकका धादिङ सम्पाददाता हुन् ।
अधिवेशनले फोनिज धादिङको ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा सन्तोष श्रेष्ठ, सहसचिवमा शान्ती थापा मगर, कोषाध्यक्षमा ओम लामा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा राजाराम डंगोल, रेख बहादुर गुरुङ, आइतीमायाँ तामाङ, अञ्जु तामाङ, धर्मेन्द्र श्रेष्ठ र अनिता शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनले ठाकुर गुरुङ, उद्धब चेपाङ, सरिता श्रेष्ठ र कवि थापा मगरलाई केन्द्रिय पार्सदमा चयन गरेको छ । नवनिर्वाचित कमिटिलाई बधाई दिँदै नेवा पत्रकार राष्ट्रिय दबुः का केन्द्रीय उपाध्यक्ष एवं फोनिजका केन्द्रीय पूर्व कोषाध्यक्ष टिकाराम प्रधानले आदिबासी जनजातीहरुको हत हित संरक्षण संगै उनीहरुको अधिकार स्थापित गराउनेतर्फ जोड दिन आग्रह गरे ।