धादिङ असार २० । धादिङको बसेरी स्थित महालक्ष्मी माध्यामिक विद्यालयकी अनिता घले मध्यामाञ्चल प्रथम भएकी छिन् ।
नाबौ राष्ट्रिपति रनिङ शिल्ड क्षेत्रिय छनौट प्रतियोगिता ०७४ मा (छेलो) सटपुटमा मध्यामाञ्चल प्रथम भएकी हुन् ।
धादिङ सहित मध्यामाञ्चलका १९ जिल्लाले भाग लिएको उक्त प्रतियोगितामा अनिताले ८.७८ मिटरको दुरीमा छेलो हानेकी थिईन् उनी क्षेत्रिय खेल प्रथम भए सँगै राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएकी छिन् । यस्तै महालक्ष्मी मावि कै सन्तोष गुरुङ सटपुटमा तेस्रो भएका थिए ।
धादिङ जिल्लाबाट नाबौ राष्ट्रिपति रनिङ शिल्ड क्षेत्रिय छनौट प्रतियोगिता ०७४ मा मध्यामाञ्चलको प्रतियोगितामा सहभागी खेलाडीहरु मध्य बुढाथुमकी रञ्जिता अधिकारी १०० मिटरको दौडमा दितिया र ८०० मिटरको दौडमा मिरा विक दितिय स्थानमा चित्त बुझाउनु परेको थियो ।
धादिङ जिल्लाको आशा गरिएको खेल मध्य भलिबाल पनि थियो तर सुरुको पहिलो खेल सिन्धुलीलाई सानदार ढंगले जितेको धादिङका खेलाडिहरुले दोस्रो खेल काभ्रे सँग खेलेको थियो अत्यन्त प्रतिस्पर्धात्मक रहेको खेल अन्तत धादिङलाई काभ्रेले जितेको थियो ।
असार १९ र २० दुई दिन सम्म काठमाडौमा चलेको प्रतियोगितमा प्रथम भएको टिम र व्यक्तिहरु राष्ट्रिय प्रतियोगिताका लागि छनौट समेत भए ।