रोल्पा । रोल्पाको थवाङ चर्चामा आईरहने ठाउँ हो, कहिले जनयुद्धको उद्गम थलोको रुपमा चर्चामा आयो त, कहिलो चुनाव बहिस्कार गरेर चर्चामा आयो ।
दोस्रो संविधान सभाको निर्वाचनमा नो भोट गरेका थवाङबासीले अहिले सम्पन्न स्थानीय तहको निर्वाचनमा फेरि नेकपा एमालेलाई नो भोट गरि चर्चामा आएको छ ।
मुलुकमा पहिलो पार्टी बन्न तम्तयार रहेको एमालेलाई शून्य मत दिएको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार वीरबहादुर घर्ती १९९० मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षको पद पनि माओवादीकै रामकिरणी रोक्काले जितेकी छन्। उनको १९६९ मत आएको छ।
यहाँ एमालेले अध्यक्षमा हितबहादुर रोका र उपाध्यक्षमा जन रोकालाई उठाएको थियो । थवाङमा व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरले भोट खसालेकी थिइन् । माओवादी नेता वर्षमान पुन पनि यहीँ आएर भोट दिएका थिए ।