धादिङ असार १७ गते । विगत ३ वर्ष देखि प्रदान गरिँदै आएको विकास पत्रकारिता पुरस्कार वितरणका लागि राष्ट्रिय सुचना आयोगका प्रमुख कृष्णहरि बास्कोटा धादिङ आउने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समिति र राष्ट्रिय सूचना आयोगको सहकार्य र नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजना र जिल्ला विकास समिति धादिङको सहयोगमा हुने विकास पत्रकारिता पुरस्कार वितरण बासकोटा आईतबार धादिङ आउन लाग्नु भएको हो ।
विवाद र छलफलको साँघुरो घेराबाट धादिङको विकास पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ । पुरस्कारको मापदण्ड के हो ? छनौट गर्ने आधार के के हुन् ? अन्यौलताका बीचमा भोली पनि एकजना फेरि पुरस्कृत हुने छन् ।
व्यक्तिगत पहुँचका आधारमा भन्दा आफ्नो प्रमुख पेशा पत्रकारिता बनाएको पत्रकार पुरस्कृत गर्नुपर्ने आवाजहरु यतिबेला धादिङका पत्रकारमा बहस बन्ने गरेको छ ।