विवेक अर्याल
सिद्धलेक, असार १७ । धादिङ्गको सिद्धलेक गाउँपालिका ४ आरुवासटारमा तरकारी खेतीसम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ।
२५ जना कृषकलाई प्रयोगात्मक शिक्षा सहित तरकारीको बिरुवा उत्पादन, नर्सरी, बिरुवा व्यवस्थापन, टर्नेल खेती, रोगकिराको पहिचान गरी निवारणको उपाय लगायतका दिएको तालिम शुक्रबार एक कार्यक्रमका बीच सम्बन्न भएको हो ।
तालिममा बेमौसमी तरकारी खेती, तरकारी खेतीका लागी बेर्ना उत्पादन, नर्सरी ब्याड बनाउने तरिका, फाइदा, महत्त्व र प्लास्टिक घर निर्माण, बिरुवा लगाउने तरिका तथा ध्यान दिनुपर्ने कुराहरू सिकाइएको थियो।
तालिममा जिल्ला कृषि विकास कार्यालय धादिङका कृषि प्रसार अधिकृत रामचन्द्र गौतम , प्राक्टीकल एक्सन काठमाण्डौका कृषि तथा खाद्य सुरक्षा आयोजनाका प्राविधिक धर्म प्रसाद पाण्डे र मीन विक्रम मल्लले सहजीकरण गरेका थिए।
विगतदेखी परम्परागत र निर्वाहमुखि तरकारीखेती उत्पादनमा लागेका सिद्धलेक ४ आरुवासटारका किसानहरूले तालिम समापन कार्यक्रममा आधुनिक र व्यावसायिक तरकारी उत्पादनमा लाग्ने बताएका छन् ।