धादिङ असार १५ । धादिङको त्रिपुरासुन्दरी गाउँपाकिाले अनुमति नलिइ गाउँपालिकामा शाखा गठन गरेको भन्दै महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाललाई स्पष्टीकरण सोधेको छ ।
महिलाहरुको क्षेत्रमा काम गर्दै आएको दावी गर्दै गर्ने महिला मानवअधिकार रक्षकलाई गाउँपालिककामा अनुमति नलिई शाखा विस्तार गरेको भन्दै गाउँपालिका कार्यकारी अधिकृत शैलेन्द्र ढकालले पत्र पठाई स्पटिकरण सोधेका हुन् ।
स्पष्टिकरण सोधिएको पत्रमा भनिएको छ- गाउँपालिका क्षेत्र भित्र स्वीकृति बिना गतिविधि गरेकोले तपाईलाई कार्वाही किन नगर्ने ७ दिन भित्र चित्तबुझ्दो जवाफ दिन आउनुहोला ।
बेला बखत महिला मानव अधिकार रक्षक को गतिविधी माथि प्रश्न चिन्ह उठ्ने गरेको थियो तर यसरी स्पष्टिकरण नै सोधिएको थिएन । महिला मानव अधिकार रक्षक जिल्ला संजाल होस या अन्य कुनै पनि सरकारी वा गैर सरकारी संस्था अनुमति नलिई कुनै पनि पालिकामा जान नहुने हो । अब बुझ्दै छन् स्थानीय अधिकार जिल्ला स्थित एक समाज सेवीले धादिङपोष्टलाई बताए ।