धादिङ असार १५ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन छिटपुट घटना बाहेको शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले बताएको छ ।
निर्वाचनको क्रममा सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका(६ तिङ्लामा शून्य मतदान भएको छ । यस केन्द्रमा भोट हाल्न कोहि मतदाता पनि आएनन् । यसैगरी नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ मा जम्मा दुई मत खसेको बताईएको छ ।
यस्तै अछाममा दुई महिलाले मतदानका लागि लाइनमै बस्दा बच्चा जन्माएका छन् । अछाम रामारोशन गाउँपालिका वडा ४ को बाटुला सैनस्थित नन्दकाली आधारभूत विद्यालयको क मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेको दुई महिलाले बच्चा जन्माएका हुन् ।
बैतडी सुरनया गाउँपालिको भूमिराज निमावि मतदान केन्द्रमा ११३ वर्षीय साउदले मतदान मतदान गरेका थिए ।
तीन प्रदेशका ३३४ तहका १५ हजार ३८ प्रतिनिधि छान्न बुधबार भएको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको छ ।