जलवायुजन्य जोखिम व्यवस्थापन प्रशिक्षण सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, असार १५, २०७४

धादिङ असार १५ । गल्छी गाउँपालिका बैरेनीमा सूरक्षित विद्यालयका लागि विपद् तथा जलवायुजन्य जोखिम व्यवस्थापन प्रशिक्षण सम्पन्न भएको छ ।

बिरुवामा पानीहालेर सोमबार उद्घाट गरिएको तीन दिने यस जलवायुजन्य जन्य जोखिम व्यवस्थापन प्रशिक्षण कार्यक्रम बुधबार बैरेनीमा सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी महेश आचार्यले सुरक्षित विद्यायल र जलवायू परिवर्तनका विषयमा वोल्दै सरकारी तथा गैर सरकारी संस्थाले विपद व्यवस्थापनको क्षेत्रमा गरेको सहयोगको उच्च सम्मान गर्नुभएको थियो ।

जिल्ला दैवी प्रकोप उद्दार समितिको आयोजना र जिल्ला शिक्षा कार्यालयको संयोजनमा भएको तालिममा विद्यालय निरिक्षक, विद्यालयका रेडक्रस शिक्षक गरी ३६ जना सहभागि रहेका थिए ।