धादिङको लापामा करिब १५ दिन जत्ति सैन्य तालिम सम्पन्न भयो। यो तालिमको व्यवहारिक परिक्षण २०५८ असार २२ गते तारुका चौकी आक्रमण थियोे । जुन तालिम र लडाइँ मेरो निम्ति पहिलो अनुभव थियो ।
आक्रमणको कमिसर पार्टीको मध्य ब्युरो सदस्य पुष्प बिक्रम मल्ल (सिह) र ३ नम्बर प्लाटुन कमण्डर यम बहादुर अधिकरी (प्रतीक्षा) सैन्य कमण्ड थियो । त्यसै गरी धादिङ जिल्ला पार्टी नेता बुद्धिलाल तामाङ (प्रकाश) तथा प्लाटुन सह कमण्डर उत्तम (शैलेष) कमण्ड ग्रुपमा थियो । एसल्ट ग्रुपका कमान्डरहरु प्रताप, सुबास, कोण्डुल, जनर्दन र ज्योति थिए ।
सम्भावित बाहिरी नाकाहरुमा एम्बुस तथा ब्लकमा जीवन, बिशाल र दिपकको कमण्डमा ३/३ जनाको समुह थियो र करिब करीब हामी ८० जना जनशक्ति थियो । आक्रमणको अन्तिम तयारी नक्स अध्यान, हात हतियार बाँडफाँड, ग्रुप बिभाजन धादिङ धुवाँकोटको चिन्नेखर्क रातमाटे र अन्तिम सेल्टर धुुँवकोटकै पात्लेमा भएको थियो ।
मेरो साथमा एकथान भरुवा बन्दुक, एकथान खुकुरी, दुई थान ग्रीनेट र केही बारुद थियो । बेलुकी ७ बजे तिर हाम्रो युद्ध यात्रा सुरु भयो । सबै तिरको अवस्थाको रिपोर्ट सहित काहुलेमा अन्तिम रोलकल र लडाइँको अन्तिम निर्देशन भयो । मध्य असारको सिमसिमे पानीले हाम्रो यात्रालाई स्वागत गरिरहेको थियो । म १ नम्बर ग्रुपमा परें, सात जनाको एसल्ट पछाडी रिजर्भ ग्रुपको पहिलो सदस्य फर्मेशनमा म रहें । रातिको १०ः१५ म पहिलो फयर खोल्ने समय थियो तर हामी १० बजे नै आर्कमा पुगिसकेका थियौं ।
एसल्ट टोली चौकीको तारबारमै कभरम पुगे भने हामी २०मिटर जत्ति पछाडि पोजिसनमा थियो एक्कसी ड्याम्म फाएर खुल्यो । अनुभव नहुँद म रण भुल्लमा परे । टिम कमण्डर द्वन्दुले कभर टु कभर एडभान्सको कासन गर्नु भयो । उता पहिलो फयरमै एक पुलिस ढलेको र एकथान हतियार पनि सुरुमै प्राप्त भएको खबर आयो । हाम्रो आर्कमा एउटा सानो मन्दिर थियोे त्यहीँ मन्दिर भित्र बसेर मैले २ थान भरुवा बन्दुक लोड गरे र आर्कमा फएर गरे ।लडाइँ भीषण रूपमा चल्दै थियो, माइन चढाउन जादा कमरेड सगर ढलेको खबर आयो पुलिसले आत्मसर्पण गर्न मानेन् लडाइँ झन् चर्कियो, हाम्रो तर्फबाट पनि एकसाथ भीषण आक्रमण भयो, ३ नम्बर ग्रुपले प्रहार गरेको माइनले चौकी ध्वस्त भयो २ घन्टा पछि सम्पुर्ण लडाइँ जित हात पार्यो ।
त्यहाँबाट १० थान थ्री नट् थ्री राइफल,२ थान सटगन, १ थान माउजर पिस्तोल, थुप्रै गोलीहरु, सञ्चंर सेट लगायतका युद्ध समाग्री कब्जा भयो । १० जना पुलिसहरुले जीवन गुमाएछन् ।सर्च कारबाही चल्दै थियो, चौकी सङ्गै रहेको कृषि बैंक सर्चमा जादा लुकेर बसेको एक पुलिसले गृनेट प्रहर गर्दा कमरेड द्वन्द्वले टिपेर पुनः प्रहर गर्न खोज्दा हातमै पड्केर गम्भीर घाइते हुनुभयो । उपचारको क्रममा उहाँको पनि सहदत भयो । प्रहरी चौकी लाल किल्लामा परिणत भयो । लडाइँ जितेर पनि दुई होनहार योद्धा धादिङ जिल्ला पार्टी सदस्य गणेश तामाङ (द्वन्दु) र स्क्वायड सदस्य राजु दहाल (सगार) लाई गुमाउनु पर्यो । सहिदहरु प्रति श्रद्धाञ्जली गर्दै रिटिट्को रोलकल भयो अनि बिजयको नारा घन्काउदै आफ्नो यात्रामा लागियो ।
बिहान झिसमिसेमा नुवाकोटको डिएसपी बिक्रम सिंह थापाको कमण्डमा उद्दारको लागी आउदै गर्दा तारुकाघाटमा कमरेड बिशाल नेतृत्व टिमको एम्बुसमा पर्दा केहि पुलिसको मृत्यु भएछ र डिएसपी बिक्रम सिंह थापा सख्त घाइते भएछ ।
व्यक्तिगत अनुभव
जितेन्द्र वाइवा तामाङ
हाल: दक्षिण कोरिया ।