धादिङमा ११७ जना भुकम्प पिडितले पाए ट्याक्सी (विवरण सहित)

Avatar photo
Dhadingpost
सोमवार, असार १२, २०७४

धादिङ असार १२ । यातायात व्यवस्था विभागले १४ जिल्लाका भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट बितरण सुरु गरेको छ।

विभागले ललितपुरको च्यासल मैदानमा गोला प्रथाबाट नुवाकोट, काभ्रेलान्चोक र रामेछापका ४ सय ९१ भुकम्प पिडितलाई गरे सँगै धादिङका ११७ भुकम्पपिडतहरुले गोला प्रथाबाट ट्याक्सी नम्बर प्लेट पाएका छन् ।

गोलाप्रथा गर्दा कुनै जिल्लाको पिडितलाई धेरै र कुनै जिल्लाको पिडितलाई थोरै पर्न सक्ने सम्भावनाको कारण विभागले आवेदन परेको संख्याको आधारमा निश्चित कोटा समेत निर्धारण गरे सँगै धादिङका ११७ जनाले ट्याक्सी नम्बरप्लेट पाएका हुन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागमा भूकम्प पीडिहरु नामामा ट्याक्सी लिन धादिङबाट ११ हजार ६ सय ३३ को निवेदन परेको उल्लेख गरेको छ । तर पाए ११७ जनालेमात्र ।

भुकम्पबाट अति प्रभावित १४ जिल्लका पिडितलाई ट्याक्सी बितरण गर्न यातायात व्यवस्था विभागले गत साउन ५ गते देखी भतेसम्म आदौ ५ आवेदन लिएको थियो।

धादिङबाट ट्याक्सी नम्बर पाउनेको सुची

ट्याक्सी नम्बर पाउनेको सुची थाहा पाउन यहाँ क्लिक गर्नुहोस्