धादिङबेसी शितलबजारमा रहेको धादिङ बोर्डिङ माध्यामिक विद्यालयले ०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै विद्यार्थी अभिभावक शुभचिन्तकहरुलाई धन्यावाद तथा बधाई ज्ञापन गरेको छ ।
विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । ४३ जना सहभागि विद्यार्थी मध्य A+ (11 जना), A (27 जना), B+(5 जना) श्रेणीमा उतिर्ण गराएको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिककाका उप मेयर मनराज भण्डारीले जिवन व्यवहार मुखि शिक्षा पद्धति र सबैका लागि शिक्षा तर्फ ध्यान दिदै अगाडी बढेको प्रति धादिङ बोर्डिङलाई धन्यावाद दिनु भएको थियो । बोर्डिङले विद्यालयका अभिभावक नीलकण्ठ नगरपालिकाको गरिमामयी पद उपमेयरमा निर्वाचित हुनुभएको भन्दै विशेष सम्मान समेत गरेको थियो ।
कार्यक्रममा छिमेकी विद्यालयका प्रतिनीधि, विद्यार्थी अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यकममा विद्यालयका प्रिन्सिपल हरि लम्सालले विद्यालयको सफता अभिभावको चासो र विद्यालयका शिक्षकहरुको ठुलो हात रहेको भन्दै सबैलाई धन्यावाद दिनु भएको थियो ।