धादिङ असार ६ । धादिङ जिल्लाको खनियाँबास गाउँपालिका ५ सत्यदेवीमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले सोलार बत्ति वितरण गरेको छ ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाण्डौंको सहयोगमा ९सय ०२ थान सोलार प्राप्त भएकोमा ८ सय १३ थान सोलार सत्यदेविका भुकम्प पिडितहरुलाई वितरण गरीएको रेडक्रस धादिङले बताएको हो ।
क वर्गका भुकम्प पिडितहरुलाई सहज रुपमा सौर्य बत्ति वितरण गर्न पाउँदा खनियाँवास गाउँपालिका वडा नं ५ का वडाध्यक्ष बुधराम तामाङले बैकल्पिक उर्जा केन्द्र र धादिङ रेडक्रसलाई धन्यवाद दिनुभएको छ ।
वडाको १ सय ७१ घरधुरी भुकम्पपिडितहरु सौर्यबत्ति पाउनबाट वञ्चित भएको हुँदा छुटेकालई पनि सोलार बत्ति वितरणको लागि अनुरोध गर्नुभएको नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखा सदस्य नारायण कुमार श्रेष्ठले जानकारी बताउनु भयो ।