धादिङ असार ६ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक शान्तकुमार लामाले वाइसिएल नेता आयव तामाङ माथि आक्रमण गर्ने विरुद्धको जाहेरी लिन मानेनन् ।
सोमबार साँझ धादिङबेसीमा ज्यान लिने मनसायले धारिलो हतियार प्रयोग गरि आक्रमण गर्ने विरुद्ध आयुवका परिवार, माओवादी केन्द्रका जिल्ला उपध्यक्ष वाइसिएलका नेताहरु जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए तर जाहेरीमा २ जनाको नाम मात्र उल्लेख गर्नुपर्ने सर्त राखि जाहेरी दर्ता गर्न नमानेको माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले बताउनु भयो ।
३ वटा मोटर साइकलमा आएका ६ जनाका गुण्डाहरुले आफ्नो कार्यकर्तालाई ज्यार्ने मनसायले आक्रमण गरेका छन् कसरी २ जनाको नाम दिने ? आक्रमणकारीलाई पक्राउ गर्नु कता हो कता ? उल्टो जाहेरी लिन समेत नमान्नुले प्रहरीको कार्यशैलि प्रति शङ्का उब्जिएको समेत नेता भण्डारीले धादिङपोष्टलाई बताउनु भयो ।
घटनामा सम्लङ्न रहेको आशङ्कामा गोपीकृष्ण भण्डारीलाई मंगलबार प्रहरी सामान्य सोधपुछ पछि छाडेको थियो ।
घरेलु हतियार (खुकुरी र तरवार) प्रहारबाट घाइते आयुबलाई जिल्ला अस्पताल धादिङले प्राथमिक उपचार गरि काठमाडौ पठाएको थियो । काठमाडौ यूरो अस्पतालमा उपचार आयुब अहिले खतरा मुक्त रहेको परिवारीक श्रोतले बतायो । धादिङबेसी स्थित पुरानो फिल्म हल चोकको एक खाजाघरमा खाजा खाएर निस्केका आयुब माथि योजना बद्ध रुपमा ३ वटा मोटर साइकलमा आएका केटाहरुले खुकुरी प्रहार गरि भागेका थिए ।