वाइसिएल नेता आयुब माथि धादिङबेसीमा आक्रमण

Avatar photo
Dhadingpost
मङ्लबार, असार ६, २०७४

धादिङबेसी असार ६ । नेकपा माओवादी केन्द्रका कार्यकर्ता तथा वाईसिएल नीलकण्ठ नगरपालीकाका अध्यक्ष आयुब तामाङ माथि सोमबार साँझ आक्रमण भएको छ ।

घरेलु हतियार (खुकुरी र तरवार) प्रहारबाट घाइते आयुबलाई जिल्ला अस्पताल धादिङले प्राथमिक उपचार गरि काठमाडौ पठाएको थियो । काठमाडौ यूरो अस्पतालमा उपचार आयुब अहिले खतरा मुक्त रहेको परिवारीक श्रोतले बतायो । धादिङबेसी स्थित पुरानो फिल्म हल चोकको एक खाजाघरमा खाजा खाएर निस्केका आयुब माथि योजना बद्ध रुपमा ३ वटा मोटर साइकलमा आएका केटाहरुले खुकुरी प्रहार गरि भागेका थिए ।

घटनामा संलग्न व्यक्तिको खोजिकार्य जारीरहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी शरदकुमार खत्रीले बताउँनु भयो । केहि दिन पहिले आयुबले चलाउँदै आएको टिफर तोडफोड हुनु, तोडफोडपछि प्रहरीलाई उजुरी गर्दा न्याय नपाउनुले पनि आक्रमणकारीहरुको मनोबल बढेको हुनसक्ने बताइएको छ ।

एक प्रत्यक्षदर्शीले भने,‘ तरबारले पटक पटक प्रहार गरेपछि आयुब तामाङ गम्भिर घाइते भए रगत धेरै बगेकोले स्थिति खतरा जनक थियो हेलिकप्टर बोलाउँदा रातीको समय भएर सम्भव भएन । आयुपको टाउकोमा गम्भिर चोट लागेको छ ।