धादिङबेसी असार ४ । धादिङ जिल्लाको पर्यटकिय क्षेत्र रुबीभ्याली पदमार्ग आसपास संचालनमा आएका होटल लज संचालकहरुलाई १० दिने हस्पिटालिटी तालिम दिईएको छ।
धादिङबेसी स्थित होटल हिमालयमा चलेको हस्पिटालिटी तालिम धादिङ, गणेश हिमाल पर्यटन बिकास समितिको पहलमा द माउन्टेन ईन्स्टिच्युट र हिड नेपालसँगको सहकार्यमा संचालन भएको होे ।
जेष्ठ २६ गते देखि असार ४ गते सम्म संचालन भएको तालिममा २१ जना सहभागि थिए । तालिम समापन गर्दै गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष तेज बहादुर गुरुङले तालिममा विशेषत होम स्टे संचालन कसरी गर्ने बारे सिकाइएको बताउनु भएको थियो । सुरक्षा, खाना र बासको विषयमा सिकाइएको छ । स्थानिय रोजगार सृजना गर्न र पर्यटकहरुलाई रुबीभ्याली सम्म पुग्न यस तालिमले महत्वपूर्ण भुमिका खेलने बताउनु भएको थियो ।
त्यस्तै गणेश हिमाल पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष कुल बहादुर गुरुङले रुबीभ्याल्ी आफैमा अन्तराष्ट्रिय नामाकरण भएकोले यसको प्रवद्र्धन गर्न धादिङका १ सय ५० पर्यटन व्यवसायीहरु तयार छन् यसलाई स्थानिय स्तरबाट सहयोग रहनुपर्ने बताउउनु भएको थियो ।
सहभागिहरुलाई ३ दि करेसावारीको व्यवस्थापन तथा सजावट, लज तथा होमस्टेको व्यवसायिकरण बारे सिकाइएको थियो भने ६ दिन खाना पकाउने सिप र बजारीकरण सम्बन्धि विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान दिइने दिइएको थियो ।
धादिङ जिल्लाको उत्तरी विकट क्षेत्र रुबीभ्याली पछिल्लो समय पर्यटकहरुको रोजाईमा पर्न थालेकोले पर्यटकहरुलाई कसरी बढि भन्दा बढि सेवा दिने भन्ने विषयमा गणेश हिमाल पर्यटन विकास समितिले काम गर्दै आइरहेको कार्यक्रमका सभापति तथा रंकेश गुरुङ बताउनु भएको थियो ।