धादिङ असार ४ । धादिङका गाउँपालिका जोड्न त्रिशूली नदीमाथि ५ वटा पक्की पुल निर्माण हुने भएको छ ।
जिल्लाको सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिका जोड्नका लागि पृथ्वी राजमार्गको घाटबेसी र जहरे भन्ने स्थानमा पुल निर्माणको काम भइरहेको छ भन्ने अन्य ३ वटा पक्की पुलको पनि निमार्ण कार्य छिट्टै सुरु हुने बताईएको छ ।
पुलबन्ने भए सँगै त्रिशुली वारीपारीका स्थानियहरु हर्सित बनेका छन् । आगामी तीन वर्षभित्र सबै स्थानमा पुल निर्माण गरिसक्ने बताइएको छ । फोटो साभार