धादिङ असार ४ । धादिङका प्राय सबै पालिकाका निर्वाचित जनप्रतिनीधिहरु बधाई थाप्न र धन्यावाद दिन मै व्यस्त देखिन्छन् । राज्यले दिने मासिक सुविधा लिने महिना दिन पार गर्दा समेत विकासले गति लिएको देखिँदैन ।
बधाई थाप्ने र धन्यावाद दिने कार्यक्रम नीलकण्ठ नगरपालिका वडा नं १ धुसेनीमा देखियो ।नीलकण्ठ नगरपालिका १ का वडा अध्यक्ष गणेश बहादुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी शैलेसको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख भण्डारीले चमेरो गुफा आसपासमा भिउ टावर बनाउने, खाल्टेलाई होमस्टेको रुपमा चिनाउने पहल गर्ने, खाल्टेलाईं कृषिमा विषेश जोड दिने, भुकम्प पीडितको आवास निर्माणमा छिटो निर्माण गर्न पहल गर्ने बताउनु भएको थियो । उहाँले जनताको काममा दिनरात नभनि खटेर काममा गर्ने समेत प्रतिवद्धता गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्य तारा बहादुर गूरुङ, माओवादि केन्द्रका वडाध्यक्ष भोज बहादुर गुरुङ लगायत पार्र्टीप्रतिनीधि तथा शुभ चिन्तकहरुको सहभागिता रहेको थियो । भेटघाट तथा बधाई कार्यक्रम नीलकण्ठ काउलेमा पनि सम्पन्न भएको खाल्टे विष्णुप्रसाद सेढाईले जानकारी दिनुभयो । यस्तै निलकण्ठ नगरपालिका ११ ज्यामरुङमा मेयर स्वागत तथा मतदातालाई धन्यवाद कार्यक्रममा गरिएको थियो ।