नुवाकोट पत्रकार महासंघको चुनाव आज, सेन्टर विभाजित

Avatar photo
Dhadingpost
शनिबार, असार ३, २०७४

नुवाकोट असार ३ । यतिबेला नुवाकोटका पत्रकारहरुमा चुनाव सारगर्मी बढेको छ । विवादका कारण हुन नसकेको पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको अधिवेश न आज (असार ३ मा) हुने भएपछि पत्रकारहरु चुनाव जित्न मोर्चा बन्दी भएका छन् । अन्दाजी सबैभन्दा बढी मत रहेको नेपाली काँग्रेस निकट युनियन सदस्यलाई हराउन ७ मत भएको नयाँ शक्ति निकट प्रेस सोसाइटीलाई अध्यक्षमा सहयोग गर्ने गरि चौतारी, प्रेस सेन्टर (गजुरेल समुह) र प्रेस सोसाइटीले मोर्चा बन्दी गरेका हुन् ।

३ वटा संगठनको मोर्चा बन्दी भएपछि चुनावीे प्रतिस्पर्धा अत्यन्त कडा बनेको नुवाकोटका एक पत्रकारले बताए । हामीलाई कुनै पार्टीको पत्रकारको सुचिमा राखिएको रहेछ, ७ सदस्य भएको संगठनलाई अध्यक्ष दिएर यो कस्तो तालमेल गरेको ? देशैभरी सेन्टरलाई हराउन लागेको प्रेस सोसाइटीलाई नुवाकोटमा अध्यक्ष वनाउन सकिदैन सेन्टरका एक सदस्यले बताए । संगठनले निर्णय त गर्यो तर मतदान भयो भने भोट गोप्य हाल्ने हो सबैभन्दा थोरै सदस्यलाई भएको संगठनलाई अध्यक्ष दिने सहमती किमार्थ मान्य हुँदैन यो संगठनको निर्णयले भन्दा व्यक्तिगत इगोले यो गठबन्धन बनेको हो ति सदस्यले धादिङपोष्टलाई बताए ।

अनुमानित कस्को मत कति छ ?
१. प्रेस युनियन ५२
२. प्रेस चौतारी ४४
३. प्रेस सेन्टर २६ (सेन्टरको मत विभाजित हुने पक्का पक्की बनेको छ ।)
४. प्रेस सोसाइटी ७

अत्यन्त, कडा प्रतिस्पर्धा हुने आकालन गरिएको नुवाकोट पत्रकार महासंघको यस अधिवेशनमा युनियन यक्लै जस्तो देखिए पनि सेन्टर विभाजित छ, सेन्टर कै मतले चुनाव जित्ने प्रेस युनियनको दावी छ । यता प्रेस सेन्टर नुवाकोटका अध्यक्ष रामहरी गजुरेलले ३ संगठनको गठबन्धनमा घात कतैबाट नहुने हो भने ५-७ भोटले नयाँ शक्ति निकट प्रेस सोसाइटीको प्यानलले चुनाव जित्ने दाबी गर्नु भयो ।

सेन्टरका जगदिस खनाल युनियनको प्यानलको सचिवमा उम्मेदवारी दिएका छन् भने सेन्टरका जिल्ला अध्यक्ष रामहरि गजुरेलले प्रेस सोसाइटी प्यानल कै सचिवमा उम्मेदवारी दिएका छन् ।

युनियनको राम्रो उपस्थिति रहेको जिल्ला मध्य पर्ने नुवाकोटमा अहिले अध्यक्षमा पुन यस अघिका अध्यक्ष प्रकाश अधिकारीलाई अघि सर्ने भएको छ भने उनलाई प्रेस सेन्टरका खनाल समुहले सहयोग गर्ने भएकोले युनियन कै पल्ला भारि रहेको आकलन गरिन्छ । यस्तै नयाँ शक्ति निकट प्रेस सोसाइटीबाट अध्यक्षमा उम्मेदवारी दिन लागेका कपिलदेव खनालपनि युनियनबाटै सोसाइटीमा प्रवेश गरेका हुन उनलाई चौतारी र सेन्टरका गजुरेल समुहले सहयोग गर्ने बताईएको छ ।

यस्तो छ युनियन प्रकाश अधिकारी प्यानल

यस्तो छ सोसाइटी कपिलदेव खलान प्यानल
अध्यक्ष : कपिलदेव खनाल
उपाध्यक्ष : नवदिप श्रेष्ठ
उपाध्यक्ष महिला : रुपा अर्याल
सचिव : रामहरि गजुरेल
सह सचिव : राजकुमार नेपाली
सह सचिव समावेशि : जमुना गजुरेल
काेषाध्यक्ष : श्रीराम अधिकारी
खुल्ला सदस्यहरु :
उत्तम घिमिरे
सुजित भण्डारी
हरिजङ्ग पाण्डे
राममणि अधिकारी
राजु रिमाल
कृष्णप्रसाद ढुङ्गाना
महिला सदस्य : दुर्गा पनेरु
दलित सदस्य : गाेपाल मिजार
जनजाति सदस्य : ज्ञानकुमार श्रेष्ठ
सामावेशि सदस्य : बसुदा केसी
केन्द्रीय पार्षदहरु :
देवचन्द्र भट्ट
शरण उत्सुक सापकोटा
भाेला पौडेल
बद्री प्याकुरेल
दयानिधि भट्ट
बिष्णुराज जमकट्टेल (बिष्णु तारुके)
बशुराम रिजाल
उत्तम श्रेष्ठ
जीवन पुडासैनी
प्रभा बाेगटि
भैरबी ढुङ्गाना