धादिङबेसी असार २ । धादिङबेसीमा दुई छुट्टा छुट्टै संस्थाले महिलाहरुका लागि सिलाई कटाई तालिम संचालन गरेका छन् ।
नीलकण्ठ नगरपालिकाको ५ लाख आर्थिक सहयोगमा नीलकण्ठ सामुदायीक अध्ययन केन्द्रले ६० जना महिलाहरुलाई ४५ दिने सिलाई कटाई तालिम संचालन गरि रहेको छ । यस्तै सिप सिकौ रोजगारी बनौ भन्ने मुलनाराका साथ सदरमुकाम मै धादिङ टेलर्स मजदुर संघले ४५ दिने एड्भान्स सिलाई कटाई तालिम संचालन गरेको छ ।
धादिङ टेलर्स मजदुर संघद्धारा संचालित तालिममा २५ जना महिलाहरुले श्रावण ५ गते सम्म तालिम लिने बताईएको छ ।
यति धेरै संख्यामा सदरमुकाममा २ वटा तालिम अहिले सम्म भएको थिएन । करिव एकै पटक सदरमुकाममा ८५ जना एकै पटक सिलाई कटाई तालिममा सहभागी छन् । यत्रो बजेट तालिमको लागि खर्च भएको छ उपलब्धी भए त राम्रै हुन्थ्यो तालिममा सहभागि एकले बताए ।
धादिङ टेलर्स मजदुर संघद्धले दलित महिलाहहरुलाई लक्षित गरेर सञ्चालन गरेको तालिममा सहभागिहरुले तालिम पछि आफले केहि गरेर देखाउने बताए ।