धादिङ, असार २-परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको थियो ।
परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएको कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए ।
बोर्ड बैठक सकिएलगत्तै परीक्षाफल सार्वजनिक गरेको उनले जानकारी दिए । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।