एसइईको नतिजा केहिबेरमा सार्वजनिक हुदै,बोर्ड बैठक जारी

Avatar photo
Dhadingpost
शुक्रबार, असार २, २०७४

धादिङ, असार २- माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज केही बेरमा सार्वजनिक हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा सार्वजनिक गर्न सबै प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।

परीक्षा सार्वजनिक गर्न अहिले बिहान आठ बजे बोर्ड बैठक बोलाइएको कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए ।

 

बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको उनले जानकारी दिए । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।