धादिङबेसीमा विश्व रक्तदाता दिवस मनाइयो

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३१, २०७४

धादिङबेसी जेष्ठ ३१ । रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा विश्व रक्तदाता दिवस मनाइएको छ ।

रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनर को जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउने क्रममा आज जिल्ला रेडक्रसको आयोजना र एड्भान्स एकेडेमी रेडक्रस सर्कल धादिङबेसीको आतिथ्यतामा रक्तदाता दिवस मनाइएको हो ।

दिवसको अवसरपारेर धादिङबासीहरुले एड्भान्स एकेडेमीमा आयोजित एक कार्यक्रममा बीच रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गतेदेखि संस्थागत रुपमा रक्तसञ्चार कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ । रक्तसञ्चार सेवाको ५० वर्षको इतिहासमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न रक्तदाता सङ्घसंस्था र स्वयम्सेवी रक्तदाताको सहयोगमा रक्त सङ्कलन गरी आवश्यक सेवा पुर्‍याउँदै आएको छ ।