सुक तामाङ,
धादिङ । धादिङ उत्तरी क्षेत्र समेटिएको गाउँपालि रुबीभ्याली पर्यटन सँग जोडिएको नामाकारण हो । पर्यटनका हिसावले महत्वपूर्ण मानिएको यस गाउँपालिका रुबीभ्यालीलाई प्रत्सोहान गर्ने गरि तयार गरिएको रुबीभ्याली गीति एल्बम आज विमोचन गरिएको छ ।
गायक तथा सङ्गीतकार जयवीर तामाङको स्वर रहेको यस गितको विमोचन कार्यक्रम नयाँ गन्तव्य नेपाल नामक संस्थाले आयोजना गरेको थियो । राष्ट्रिय समाचार समिति ९रासस०का अध्यक्ष कुलचन्द्र वाग्लेले आज काठमाडौमा विमोचन गर्दै सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व बोकेको रुवीभ्यालीलाई राष्ट्रिय स्तरमा चिनाउनु जरुरी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा पर्यटन व्यवसायी एवम् काँग्रेस धादिङका नेता कुलबहादुर गुरुङले अथाह सम्भावना बोकेको रुवीभ्यालीलाई देशकै नमुना भ्यालीको रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । नेकपा एमाले धादिङका नेता रेशम तामाङले गीति एल्बमले रुवीभ्याली क्षेत्रको बारेमा यथार्थ चित्रण गरेको छ भन्नुभयो । नेकपा माओवादी केन्द्र धादिङका नेता रामसिंह तामाङले तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको रुवीभ्याली र तामाङ जातिको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जरुरी रहेको बताउनुभयो ।
समुद्र सतहदेखि एक हजार ९०० मिटरदेखि सात हजार मिटर उचाइसम्म रहेको रुवीभ्याली सेर्तुङ, तिप्लिङ र लापा गाविस मिलेर बनेको छ ।