सुकतामाङ
धादिङ रुबीभ्याली जेष्ठ ३० । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका अन्तरगत पर्ने लापा माध्यमिक बिद्यालयमा पुस्तकालय हस्तान्त्रण तथा छात्रबृती वितरण कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७३र७४ को छात्रवृत्ति बितरण तथागरै सहकारी संस्थाको सझेदारिमा सन्चालित पुस्ताकलय हस्तान्तरण आइतबार सम्पन्न भएको हो ।
नव निर्बाचित जनप्रतिनीधि वडा अध्यक्ष तथा बि, ब्य,स, अध्यक्ष धिराज तामाङको सभापति, प्रमुख अतिथि मिम्बा तामाङ समाज सेवि बुद्धिजीवि तथा शिक्षा प्रेमि, अतिथी जित बहादुर तामाङ लगायत बिब्यास र शिअस का प्रतिनिधिहरु, अभिभबकहरुको उपस्थितीमा छात्रवृत्ति बितरण गरिएको थियो ।