धादिङबेसी । धादिङबेसीमा ६० जना महिला सहभागि रहेको सिलाई कटाई तालिम सुरुभएको छ ।
नीलकण्ठ समुदायीक अध्ययन केन्द्रको आयोजनामा ६० जना महिला सहभागि ४५ दिने सिलाई कटाई तालिम सुरुभएको हो ।
नीलकण्ठ नगरपालिकाको ५ लाख आर्थिक सहयोग, घरेलु विकास कार्यालय धादिङको प्रशिक्षक सहयोगमा सुरुभएको तालिम ३ समुह बनाई ५ प्रशिक्षकले ४५ दिन सम्म तालिम दिने छन् ।
तालिम उद्घाटन कार्यक्रमममा बोल्दै प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र अर्यालले स्वोरोजगार अन्तरगत तालिमको आयोजना गरिएकोले तालिमले विशेष अर्थ राख्ने बताउनु भएको थियो ।
यस्तै साहित्यकार डा. नविन बन्दु पहाडीले तालिमलाई वेश्या बृती गरिन थालेको बताउँदै पाए सम्म तालिम लिने र सिकेर केहि नगर्ने चलन बेश्या बृतिभएको बताउँदै एक व्यक्ति एक तालिम र एक व्यक्ति एक व्यवसायी हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा सभापति तथा नीलकण्ठ सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष दिपक विश्वकर्माले स्वारोजगार मुलक उद्धेश्य राखेर तालिम आयोजना गरिएको बताउँदै जेष्ठ-असारमासको समयमा पनि उत्साहपूर्ण रुपमा तालिममा सहभागि महिला दिदीबहिनीहरुलाई र आर्थिक सहयोग गर्ने नीलकण्ठ नगरपालिका र प्राविधिक सहयोग गर्ने घरेलु विकास समितिलाई विशेष धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी कृष्ण कुमार श्रेष्ठ, घरेलु विकास समितिका प्रतिनीधि कमला थापा, अध्ययन केन्द्रका सल्लाहकार ध्रुव थापा लगायतले तालिम लिनु ठुलो कुरा नभएको तथा तालिमलाई जिवनमुखी बनाउनु ठुलो कुरा भएको बताएका थिए । साभारः सूचक सन्देश साप्ताहिक