मध्यरातमा धादिङबेशीको एक घरमा भीषण आगलागी

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २९, २०७४

धादिङ, जेठ २९ – गएराति धादिङ सदरमुकाम धादिङबेसीको एक घरमा भीषण आगलागी भएको छ । सदरमुकामस्थित पुछार बजारमा रहेको प्रेम श्रेष्ठको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट श्रेष्ठको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।


श्रेष्ठको घरमा रहेको कस्मेटिक पसल तथा फर्निचर सबै जलेरनष्ट भएको प्रहरीले जनाएको छ । बारुण यन्त्र, प्रहरी, सेना र स्थानीय बासिन्दाको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागी गएराती करिब १ बजे लागेको थियो ।

तस्बिरः दामोदर अर्यालको फेसबुकबाट साभार