नवराज लम्सालको धारा महाकाव्य धादिङबेसीमा विमर्श गरियो

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २८, २०७४

धादिङबेसी जेष्ठ २८ । धादिङको नीलकण्ठ नगरपालिका ज्यामरुङमा जन्मिएका पत्रकार तथा साहित्यकार डा नवराज लम्सालद्वारा लिखित धरा महाकाव्यको धादिङबेसीमा विमर्श गरिएको छ ।

भानु प्रतिष्ठान धादिङको संयोजन र निलकण्ठ बहुमुखी क्याम्पस धादिङको आयोजनमा डा. लम्सालको धरा महाकाव्य शनिबार धादिङबेशीमा विमर्श गरिएको हो ।

झन्डै दश वर्षको लामो समयको प्रयासबाट लिखित धरा महाकाव्य ५ सय पृष्ठमा समेटिएको छ । धरा महाकाव्य शास्त्रिय छन्दमा आधारित छ । राष्ट्रिय गौरव विभिन्न जातजातीका बारेमा र अन्य विषयमा धारा महाकाव्यमा समेटिए नवराज लम्सालले बताउनु भयो । कार्यक्रममा नीलकण्ठ क्याम्पसका शिक्षिक शिक्षिका विद्यार्थी तथा विभिन्न साहित्य श्रष्टाहरुको उपस्थित रहेको थियो ।

लम्सालको महाकाव्यमा देशले हामीलाई के दिएको छभन्दा पनि देशप्रति हाम्रो कर्तव्य र जिम्मेवारी के हुन्छ रु भन्ने भावना प्रस्तुत् गरिएको छ । महाकाव्य देशको भूगोल, संस्कृति र इतिहाससँग जोडिएको लेखक लम्सालले जानकारी दिए ।