धादिङका रेडियो सम्मानित

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २८, २०७४

धादिङ जेष्ठ २८ । परिवार नियोजन सम्बन्धित कार्यक्रमलाई महत्वका साथ प्रसारण गरेको भन्दै हेल्थ कम्युनिकेशन क्यापेशिटी कोल्याबोरेटिभ (एचसिथ्रि) परियोजना ले धादिङका रेडियोलाई सम्मान गरेको छ ।

धादिङका रेडियोहरुले स्मार्ट हेल्प डेस्क रेडियो कार्यक्रम मार्फत परिवार नियोजन र स्वास्थ्य सम्बन्धी जानकारी मुलक सन्देशहरु प्रशारणमा गरेको भन्दै रेडियो लोकतन्त्र, रेडियो धादिङ, रेडियो बिहानी र रेडियो राजमार्गलाई सम्मान गरेको हो ।

नेपाल सरकारको परिवार नियोजन कार्यक्रमलाई सहयोग गर्नका लागि युएसएआईडीको आर्थिक तथा प्राविधिक सहयोग, जेएचयु सिसिपीको व्यवस्थापन र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्टि«य स्वास्थ्य शिक्षा सुचना र सञ्चार केन्द्र तथा परिवार स्वास्थ्य महाशाखाको समन्वयमा परियोजना धादिङको निलकण्ठ नगरपालिका सहित साविकको ९ वटा गाविसहरुमा सञ्चालन भएको थियो ।

एचसिथ्री परियोजनाका थानेश्वर कोईरालाको विशेष उपस्थिति रहेको सम्मन तथा समिक्षा कार्यक्रममा परियोजना धादिङका कर्मचारी, रेडियोका स्टेशन म्यानेजर तथा कार्यक्रम प्रस्तोताहरुको सहभागीता रहेको थियो । धादिङका संचालन भएको यस परियोजनाका प्रमुख बालकृष्ण खत्रीले स्मार्ट हेल्प डेस्क रेडियो कार्यक्रम मार्फत परिवार नियोजन र स्वास्थ्य सम्बन्धी जानकारी मुलक सन्देशहरु प्रशारणमा उत्कृष्ट कार्य गरेको भन्दै रेडियो र कार्यक्रम प्रस्तोतालाई धन्यवाद दिनु भएको थियो ।