धादिङ,जेठ २७-बहुप्रतिक्षित मेलम्चीको पानी यसपालीको दसैँअघि काठमाडौंमा ल्याउन असम्भव देखिएको छ । दसैँअघि नै काठमाडौं बासिन्दालाई मेलम्चीको पानी वितरण गर्ने जनाएपनि अझै ३ हजार ९५ मिटर सुरुङ खन्न बाँकी छ ।
दैनिक १५ देखि २० मिटर मात्र सुरुङ खन्ने काम भइरहेकाले मेलम्चीका अधिकारीले नै दसैँसम्ममा सुरुङ खन्ने काम पनि नसकिने बताउन थालेका छन् । काठमाडौं उपत्यकामा पाइप बिछ्याउन अझै ८५ किलोमिटर बाँकी छ ।
उपत्यकामा ६ सय ७० किलोमिटर पाइप बिच्छ्याउनुपर्नेमा अहिलेसम्म ५ सय ८५ किलोमिटर पाइप बिच्छ्याईसकेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले जानकारी दिनुभयो ।




