https://drive.google.com/file/d/0Bx5dA3OTVYvSbXd6N2xMU1hqdUU/view
धादिङ,जेठ २७- कोरियन भाषा परीक्षा आज र भोली हुँदैछ । परीक्षा पहिलो सिफ्ट अन्तर्गत विहान ८ बजेदेखि र दोस्रो सिफ्टको परिक्षा मध्यान्ह १२ बजेदेखि सुरु हुनेछ । परिक्षाका लागि शाखाले विभिन्न २६ परिक्षा केन्द्र तोकेको छ ।परीक्षा केन्द्रामा विद्युतीय सामाग्री ल्याउन परीक्षार्थीको परीक्षा रद्द हुने महाशाखाले जनाएको छ।
ईपीएसमा पढाई १०० र लेखाई १०० गरी २०० पूर्णाङकको परीक्षाका लागि ७५ हजारले ५ सय ८० जनाले आवेदन दिएका छन्। जसमा नौ हजार सात सय ९६ महिला तथा ६५ हजार सात सय ८४ पुरुष आवेदक रहेको शाखाले जनाएको छ। त्यसका पनि कृषि क्षेत्रमा ५१ हजार दुई सय दुई र उत्पादन क्षेत्रमा २४ हजार तीन सय ७८ जनाले आवेदन दिएका छन्।
तपाईको सेन्टर हेर्न तलको लिंकमा थिच्नुहोस्