पत्रकार सँग अन्तरक्रिया सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २७, २०७४

धादिङबेसी जेष्ठ २७ । परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी पत्रकारहरु सँगको अन्तरक्रिया धादिङबेसीमा सम्पन्न भएको छ ।

राष्ट्रिय स्वास्थ्य सुचना तथा संचार केन्द्रको आयोजना र जिल्ला स्वाथ्य कार्यालय धादिङको समन्वयमा पत्रकारहरु सँग उक्त विषयमा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख महेश्वर श्रेष्ठले परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी प्रकाश पार्नु भएको थियो । उहाँले परिवार नियोजन र यसका साधनहरु, सुरक्षित मातृत्व तथा नवजात शिशुका बारेका संचार क्षेत्रले खेलेको भुमिकाबारेका समेत चासो व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नागरीक दैनिकका स्वस्थ्य विट हेर्ने पत्रकार दिपक दाहालले पत्रकारले आफ्नो रिपोटिङलाई सरल र सहजताका रुपमा लिँदै स्वास्थ्यको रिपोटिङलाई प्राथमिकता दिनु पर्ने बताउनु भएको थियो ।

नेपालमा १९९७ बाट सुरक्षित मातृत्व कार्यक्रमको सुरुवात भएको थियो । जनस्वास्थ्य कार्यलयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संचार क्षेत्रमा आवद्ध रहेका पत्रकारहरुको सहभागिता रहेको थियो ।