धादिङ जेष्ठ २७ । रोटरी क्लव अफ धादिङका अध्यक्ष रोटरीयन ध्रुव बहादुर थापाले सामाजिक काम र असाह्यहरुको साहरा बन्न रोटरी क्लव स्थापना भएको बताउनु भएको छ ।
धादिङबेसीमा आयोजित राेटरियन फेमिली क्लव एसेम्ली कार्यक्रममा रोटरीयन थापाले स्थापना भएको १ वर्षको संघारमा आइपुग्दा महत्वपूर्ण काम सम्पन्न गर्न नसके पनि महत्वपूर्ण कामको सुरुवात भएको बताउनु भएको हो ।
स्वस्थ्य अन्तरगत: जिल्ला अस्पतालमा उपकरण, भवन निर्माण, शिक्षा अन्तरगत विभिन्न विद्यालयको भवन निर्माण, पुस्तकालय र उपकरण सहयोग, खानेपानीको लागि जिल्लाका विभिन्न ठाउँहरुमा अध्ययन, धादिङबेसीमा रहेको दमकलका लागि सहयोग, सरसफाईमा सहयोग अन्तिम चरणमा रहेको समेत रोटरीयन थापाले जानकारी गराउनु भएको थियो ।
धादिङबेसी २५ जना मिलेर गठित यस क्लवको शुक्रबार एड्भान्स एकेडेमीको हलमा उपस्थित फरक फरक समयमा आयोजना गर्ने फेमिली एसेम्ब्लीको आयोजना रोटरीयन गोबिन्द बुढाथोकीले गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण गर्दै रोटरीयन गोबिन्द बुढाथोकिले रोटरी क्लव सामाजिक भावले प्रेरित क्लव हो, गरिब विपन्न, टुहुरा बालबालिका, असक्त लगायत विकास निमार्णमा समेत गर्ने गरि स्थापना भएकोले क्लवको आवश्यकता महसुस भए जानकारी दिन समेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा रेडक्रस सोसाइटी धादिङका सभापति सितराम अधिकारी, कोसोक नेपालका अध्यक्ष, सिताराम अधिकारी फोटो पत्रकार समुह धादिङका अध्यक्ष नारायण सिलवाल, रेटरी क्लव धादिङका पदाधिकारी, सदस्यहरु तथा रोटरीयनहरुका परिवार लगायतको उपस्थिति रहेको थियो ।