गंगालाल गुरुङ धादिङ,जेठ २६- कुनै बेला धादिङको सञ्चारमाध्यममा आफ्नो छुट्टै पहिचाहन बनाउन सफल गायक श्याम सितल अर्थात श्याम कुमार श्रेष्ठ आजभोली आफ्नो प्रेमिकाले धोका दिएपछि एक्लो जिवन विताउन वाध्य भएका छन । प्रेम नै सर्वश्व ठानि विश्वास गरेर लागि परेका श्याम सितल अहिले पीडाको भूमरीमा रोमलिएका छन । आफ्नो प्रेमिकाले धोका दिइ अरुसँगै लागेपछि सितल अहिले अतीतको पलहरु सम्झि कहिले रुने त कहिले हाँस्ने गर्दछ । मलिन अनुहार पार्दै श्याम भन्छन मैले जसलाई परिवार त्यागी विश्वास गरे आज उसले नै छाडेर गएपछि उसको याद वाहेक केहि छैन तर पनि यादमा ज्यून छुटटै मज्जा हुदो रहेछ । अव यसरी नै उसको यादमा जुनि काटछु अब कसैको विश्वास गर्दिन जसलाई विश्वास गरे उसैबाट धोका पाएपछि अब कस्को विश्वास गर्नु र यो स्वार्थी दुनियाँमा ? कुनै बेला म उसको लागि गैडाको खाग जस्तै अमुल्य थिए तर आज समय र परिस्थितिसँगै कुहिरोमा हराएको काग जस्तै भएको दुखेसो पोखे ।
विगत केहि समय अघिदेखि जापान बस्दै आएका धादिङ सुनौलाबजार हाल नीलकण्ठ नगरपालिका वडा नं. ४ का श्याम सितलको वास्तविक जीवनमा प्रेमिकाले छाडेको नभइ हालै मात्रामा बजारमा आएको लोकदोहोरी एल्बम मुटु चिडा भो मा मात्र उनलाई प्रेमिकाले चटक्कै माँया मारेका हुन । शितल म्युजिक प्रा.लिको प्रस्तुतिमा बजारमा आएको उक्त गीत शुक्रवार मात्रै युट्युबमा सार्वजनिक भएका छन । लालकुमार बरालको लय तथा काजिबाबु अर्यालको शब्द रहेको गीतमा स्वर भने श्याम सितल र देवी घर्ती मगर रहेको छ । माँया र प्रेममा विछोडिए पछिको परिस्थितिलाई गीतमा समेटिएको छ । मन छुने शब्द तथा म्युजिक भिडियोमा अहिले चर्चामा रहेकी मोडेल सारिका केसी, हरि श्रेष्ठ र भुवन शर्माले अभियन गरेका छन् । केही समयअघि मात्र सार्वजनिक गरेका ‘परदेशी’ नामक आधुनिक गीतको चर्चा सेलाउन नपाउँदै उनले अर्को लोक दोहोरी गीत सार्वजनिक गरेका हुन् । दोहोरी तथा आधुनिक गीतलाई उत्तिकै प्राथमिकता र न्याय दिएर गाउन सक्ने श्यामले यसअघि दर्जनौं गीति एल्बमहरु सार्वजनिक गरिसकेका छन् ।
धादिङका सञ्चारकर्मीको समेत पहिचान बनाउने उनी खासगरी लोक तथा आधुनिक गीतका लागि चर्चित छन् । सितल धादिङमा रहदा रेडियो मार्फत शुरु गरेको रेडियो कार्यक्रमले लाखौ श्रोतामा मन जित्न सफल भएका थिए । उनले सञ्चालन गरेका कार्यक्रम जीवनका पाइलाहरु र मेरो गीत मेरो अतीतले धादिङमा श्याम सितललाई अझै पनि खोजिरहेका छन । रेडियो धादिङमा जीवनका पाइलाहरु र रेडियो बिहानीमा मेरो गीत मेरो अतीत कार्यक्रमले सर्वाधिक चर्चा कमाएका थिए । सितलले शुरुको जीवनका पाइलाहरु भिन्न प्रस्तोता मार्फत अझै पनि रेडियो धादिङबाट प्रसारण हुदै आइरहेको छ ।
प्रेमीले छाडेपछि यस्तो छ हालत भिडियो सहित