मिठो बोलिमा खडेरी पर्दै, कुरा धादिङ अस्पतालको (अडियो समेत)

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २६, २०७४

धादिङबेसी जेष्ठ २६ । स्वास्थ्यकर्मीको मिठो बोलि र सान्तोनाले बिरामीको आधा रोग नीको हुन्छ भन्ने हामी सबैले उक्ति हो ।

डाक्टर (स्वास्थ्य कर्मी) को मिठो बोलीले बिरामीको पिडामा कमी हुने चाहि उक्ती होइन वास्तविक हो तर धादिङ जिल्ला अस्पतालमा भने मिठो बोलि र स्वास्थ्य कमीहरुको बोलिमा खडेरी पर्न थालेको उपचार गराएर फर्कने प्राय जसो विरामीहरुले बताउने गरेका छन् । बिरामी प्रतिको व्यवहारमा प्र आश्न उठेपछि हामीे जिल्ला अस्पतालको ओपिडी कक्ष पुग्यौं तर परिचय लुकाएर ।

त्यहाँ बिरामी र चिकित्सा बीच कुराकानी भैरहेको थियो, कुराकानी बाहिर सुनेभन्दा पृथक थिएन, चिकित्सकले बिरामी सँग बोल्दा बिरामीको आधा रोग निको हुनु सट्टा बिरामीलाई रुखो स्वभावमा त्रास र चिन्तित तुल्याउ गरी अभिव्यक्ति दिइरहेका थिए । हामीले ति स्वस्थ्य कर्मीले बोलेको आवाज रेकर्ड गर्दा समेत उनलाई कुनै पत्तो भएन । अन्य विरामीहरुको अनुहारमा मुस्कानको सट्टा चिकित्सा प्रतिको क्रोध झल्कन्थ्यो ।

ओपिडी कक्षको नम्बर १ लेखिएको कोठामा विहिबार हामी १२ः२० बजे पुुग्दा नीलकण्ठ पौवाकी बृद्धा जेठी नेपाली सँग एक चिकित्सक कुराकानी गर्दै थिए म काठमाडौबाट आएको हाड जोर्नीको डाक्टर हुँ तपाईको घुँडा निको हुँदैन ।

घुँडा दुखेर जचाउन जानु भएकी जेठी नेपाली जब चिकित्साबाट घुडाँ नै फेर्न पर्र्छ भन्ने सल्लाहा पाइन् तब बाहिर निस्किदा निरासा भइन् के उनलाई सान्तोना दिने तवरले ति आफु काठमाडौबाट आएको हाडजोनीको डाक्टर भनेर अहमता प्रस्तुत गरि रहनु आवस्यक थियो ? विरामी सँग प्रस्तुत हुने बोलि त्यहि थियो ?

हामी सँग ति नेपालीले भनिन् बिरामीलाई माया, ममता र सान्तोना दियो भने बाच्ने समय केहि लम्बिन्छ भन्थे तर त्यस्तो व्यवहार पाइन ।

एप्रोन र स्टेथोस्कोप भिरेर डाक्टर र स्वास्थ्य कर्मीको परिचय पत्र लिई सरकारी अस्पतालमा जागिर खाने ति एकाध पात्रका कारण राम्रा र असल स्वास्थ्य कर्मीहरुको पनि वदनाम र भै रहेको छ । जिल्ला अस्पताल धादिङको व्यवस्थापकिय पक्षले यस्ता कुराहरुलाई पनि ध्यान दिने कि ?