धादिङबेसी जेष्ठ २५ । राष्ट्रिय फोटो पत्रकार समुह धादिङको अध्यक्षमा पत्रकार नारायण सिलवाल चयन हुनुभएको छ ।
धादिङ पत्रकार महासंघ कार्यालयमा भएको फोटो पत्रकारहरुको जिल्ला भेलाबाट धादिङपोष्ट डट.कम.का प्रधान सम्पादक तथा प्रेस सिलवाल जिल्ला अध्यक्षमा निर्वाचित हुनु भएको हो । सिलवालले यस अघि गोरखापत्र दैनिक धादिङ संवाददाता, जनमुक्तिमार्ग साप्ताहिकको प्रधान सम्पादक, रेडियो विहानीको स्टेशन म्यानेजर भएर काम गरिसक्नु भएको छ ।
राष्ट्रिय फोटो पत्रकार समुहको केन्द्रिय अध्यक्ष ध्रुर्व आले, सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेजबहादुर बस्नेतको आतिथ्यतामा बिहिबार फोटोपत्रकार समुह धादिङ गठन गरिएको थियो । धादिङशाखाको उपाध्यक्षमा अन्नपुर्णपोष्ट दैनिकका मनिश दुवाडी, सचिवमा नागरीक दैनिकका शंकर शेष्ठ, सहसचिवमा पाविलन्युज डटकमका सरिता श्रेष्ठ र कोषाध्यक्षमा धादिङ संचार प्रालिका बद्री अधिकारी निर्वाचित हुनु भएको छ ।
यस्तै सदस्यहरुमा कान्तिपुर दैनिकका हरिहर राठौंर, सन्तोषराज श्रेष्ठ, प्रदेश संचार साप्ताहिक राजन अधिकारी, सृजना लम्साल निर्वाचित भएका छन् । भेलाले पत्रकारहरु राजेन्द्रप्रताप शाह, सितारामप्रसाद वर्मा, सिताराम अधिकारी, केशव अधिकारी र बासु श्रेष्ठ रहने गरि सल्लाहाकार समिति समेत गठन गरेको छ ।
भेलामा केन्द्रिय अध्यक्ष आलेले फोटो पत्रकाहरुको हकहित र व्यवसायीकतामा जोड दिन जिल्ला स्तरमा शाखा विस्तार गरिएको बताउँदै फोटोको शुद्धता र व्यवसायीकतामा यस समुहले विशेष जोड दिने बताउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले महासंघ फोटो पत्रकारहरुको क्षमता वृद्धि र हकहितका लागि पूर्ण समर्थन गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा कान्तिपुर टेलिभजनका पोषनाथ अधिकारी, एविसि टेलिभिजनका रमेश आचार्य, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।