धादिङ जेष्ठ १७ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङका १२ जना कार्यकर्ताहरु ३३ रासदबाट मुक्त भएका छन् ।
बैशाख २२ गते राती मलेखुबाट ताल्ती जाँदै गरेका १२ जनालाई गुम्बा डाडाँबाट प्रहरीले पक्राउ परेका गरेको थियो ।
जेष्ठ १६ गते जनही १ हजार धरौटीमा जि जिल्ला प्रशासन कार्यालय धादिङले रिहा गरेको मिनेट भर मै उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरि नुवाकोट पठाएको थियो ।
नुवाकोट जिल्ला प्रशासनले मंगलबार सामान्य तारिकमा उनीहरुलाई रिहा गरेको थियो । रिहा हुनेहरुमा बुद्ध गुरुङ जनसरकार प्रमुख तथा जिल्ला सचिवालय सदस्य, राजकुमार गुरुङ जिल्ला सचिवालय सदस्य तथा राजयूको केन्द्रीय सदस्य, सुन्दर तामाङ जिल्ला सचिवालय सदस्य र जिल्ला सदस्यहरु सुर्य तामाङ, राजुघले, मनोज घले, धनबहादुर घले, भिम विश्वकर्मा लगायत छन् ।
यस अघिका समाचार
धादिङमा नेकपाका १२ कार्यकर्ता रिहा भएको मिनेट भरमा पुन पक्राउ
धादिङ ताल्तीबाट १२ जना विप्लव कार्यकर्ता पक्राउ