धादिङ, जेठ २४ -नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम छनोट गरेको छ । देउवा सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् । उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् ।उनि यसभन्दा अघिको प्रचण्ड सरकारमा अर्थमन्त्री एवं उपप्रधानमन्त्री रहेका थिए । त्यसैगरी प्रचण्ड सरकारमा उर्जामन्त्रालय सम्हालेका जनार्दन शर्मा प्रभाकर अब भने गृहमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रको तर्फबाट छनोट गरीएका महरा र प्रभाकार मन्त्रीमा निरन्तरता पाएका छन ।
माओवादी हेडक्वाटरको बुधबार बिहान बसेको बैठकले देउवा सरकारमा पार्टीको नेतृत्व महराले गर्ने निर्णय गरेको हो ।माओवादी बैठकमा प्रभु साहलाई विना विभागीय मन्त्रीको रुपमा पठाउने भएका छन । देउवा सरकारमा माओवादीले ८ वटा मन्त्रालय पाउने सहमति गरेका छन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा मंगलवार माओवादी केन्द्र लगायत अन्य दलको ३८८ जना सांसदको समर्थनमा देशको ४० औ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । देउवाको आजै दिउसो पद तथा गोपनीयताको सपथ लिदै छन ।