धादिङबासीले हेर्नै पर्ने म्युजिक भिडियो

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २४, २०७४

धादिङ जेष्ठ २४ । धादिङ जिल्लाबासीले एक पटक हेर्न र सुन्नु पर्ने म्यूजिक भिडियो सार्वजनिक भएको छ । धादिङ जिल्लाको पहिचान सहित आएको यस धादिङ आउ है भेटौला बोलको रोइला लोक दोहोरी गित सार्थक डिजिटल प्रा.लि.ले बजारमा सार्वजनिक गरेको हो ।

सरस्वथी थापा क्षेत्री (सरु) को यस रोइला गितमा जिवन पन्त र विनु तामाङको स्वर रहेको छ । धादिङका जातजाती, भाषा भाषी, धार्मिक तथा पर्यटन र पहिचानको विषयमा वर्णन गरिएको यस म्यूजिक भिडियो देश विदेश रहनु हुने धादिङबासीहरुले हेर्नै पर्ने बताइन्छ ।

धादिङबासिले मात्र नभएर आम नेपालीहरुले धादिङलाई चिन्न पनि यो म्युजिक भिडियोले सहयोग गर्ने सरस्वती थापाले धादिङपोष्टलाई बताउनु भयो ।