ओम लामा
धादिङ जेष्ठ २३ । धादिङको पृथ्वीराजमार्ग खण्डको सिम्लेमा माइक्रो बस दुर्घटना हुँदा १ जनाएको ज्यान गएको छ भने बसमा जलेको छ ।
भैरहवाबाट काठमाडौ जाँदै गरेको लु १ ज २६७४ नम्बरको माइक्रोबसले ठक्कर दिँदा सडक किनारमा हिडिएका १ जनाको घटना स्थल मै मृत्यू भएको छ भने २ जना गम्भिर घाइते भएको प्रहरीले बताएको छ ।
दु्रत गतिमा आएको उक्त माइक्रोबसले विपरित साइटको सडक पेटीमा हिडिरहेका बन्दना परियार, गंगा थपा र सुस्मा थापालाई ठक्कर दिँदै दुर्घटना भएको थियो ।
बन्दना परियारको घटना स्थल मै मृत्यू भएको थियो भने अन्य २ जना घाइते भएका थिए । दुर्घटना भएको केहि मिनेट मै उक्त माइक्रोबसमा आगो लागेको थियो आक्रोशित स्थानियले आगो लागाई दिएको वा आफै आगो लागेको एकिन हुन सकेको छैन् । गाडी पूर्ण रुपमा जलेको छ । दुर्घटना हुँदा बसभित्रका १३ जना यात्रुहरु समेत घाईते भएको प्रहरीले जनाएको छ ।