धादिङ जेष्ठ २३ । व्यवस्थापिका संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ। एक्ला प्रधान मन्त्रीका उम्मेदवार शेरबहादुर देउवा दुई तिहाई नजिक रहेका छन् ।
देउवालाई प्रधान मन्त्री बनाउन सहयोग गर्ने पार्टी र संख्या
प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ । देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन जुट्ने सम्भावना छ । देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् । यस्तै २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गर्ने सम्भावना छ ।
तीन सांसद भएको नेकपा संयुक्त, एक एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको उम्मेदवारीमा समर्थक नै बसेका छन् ।