निर्माण कार्यमा महिला सहभागि बढदै

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २३, २०७४

आइति मायाँ तामाङ
धादिङ जेष्ठ २३ ।
धादिङमा महिलाहरु सामाजिक काम र विकास निमार्णमा उल्लेख्य सहभागिता जनाई रहेका छन् । धादिङ नीलकण्ठमा पानधारेका महिलाहरुको सकृयतामा महिला सहकारीको भवन बनि रहेको छ भने नेत्रवती गाउँपालिका २ सेमजोङ स्थित चिमोडाँडामा स्वास्थ्य विन्दु (हेल्थपोष्ट) स्थानियहरुको सक्रियतामा निमार्ण कार्य जारी रहेको छ ।

घर धन्दा र चुलो चौकामा सिमित महिलाहरुलाई घरबाहिरको काममा सक्रिय हुन नदिइने परम्परा तोडिएको छ । साजिलो वा गाह्रो दुबै काममा उक्ति कै क्रियाशिलताका साथ महिलाहरु काम गरि रहेको देखिन्छ धादिङका सहर वस्तीहरुमा । जिल्ला विकास समिति र एनजिओले केहि आर्थिक सहयोग गरेपछि स्थानीय जनसहभागिताको सहयोगमा उक्त दुई कोठे पक्की भवन सहितको हेल्थपोष्ट बन्ने भएपछि चिमोडाँडाका स्थानिय महिलाहरु भवन निर्माणको काममा सकृय रहेका हुन् ।

गाँउमा पायक पर्ने ठाँउमा कुनै पनि स्वास्थ्य केन्द्र नहुदाँ त्यस ठाँउका स्थानीय बासिन्दहरु बिरामी परेको बेला निकै समस्य व्योहारी रहेका थिए । बिरामीको अबस्था गम्भिर हुदाँ सदरमुकाम धादिङबेशी नै धाउनु पर्ने र सामन्य बिरामी हुदाँ पनि गाँउमै प्राथमिक उपचार समेत नपाए पछि दुई घण्टाको पैदल यात्रामा स्वास्थ्य चौकी सम्म पुग्नु पर्ने बाध्येता थियो । अब गाँउमै स्वास्थ्य विन्दु निर्माण हुदाँ सामान्य उपाचार गाँउमै हुने भए पछि त्यहाका स्थानिय बासीहरु त्यसमा पनि महिलाहरु जागरुक भएर काम गरिरहेका छन् ।

उक्त भवन निर्माणको लागी कुनै योजना नभई गोरेटो बाटो मर्मतको लागी आएको रकम बाटो मर्मत गरि सकेपछि बाँकी भएको रकम निर्माण कार्यमा सहयोग गरिएको बताइएको छ । जेठ ११ गते देखि सञ्चालन गरिएको भवन निर्माण कार्य यही जेठ २६ गते सम्म निर्माण कार्य पुरा हुने भवन निमार्ण कार्य समितिका सचिव युगेस गुरुङले जानकारी दिनुभएको छ ।

सामाजिक काम मात्र नभई आम्दानीको लागि पनि महिलाहरु निमार्ण कार्यमा सहमागि हुनेक्रम बढ्दो छ ।

यस्तै धादिङबेसीका प्राय पक्की भवनहरुको ढलान कार्यमा पनि महिलाहरु जोखिम मोलेरै काममा सहभागि हुने गर्दछन् । अब महिलाले गर्न नसक्ने काम अन्त भएको दावी गर्न सकिन्छ । जिल्ला वन कार्यालय धादिङले सामुदायीक वन क्षेत्रमा भवन बनाएको भन्दै रेडियो धादिङको भवन भत्तकाई दिएपछि रेडियो धादिङले आफ्नै जग्गामा नयाँ भवन बनाई रहेको छ । रेडियो धादिङको भवनको तेश्रो ढलान कार्यमा पनि महिला सहभागिता उलेख्य देखिन्थ्यो । रेडियो स्टेशन म्यानेजर राजाराम शर्माले सामाजिक संजालमा पोष्ट गर्नु भएको तस्वीरमा पनि महिला सहभागिता उलेख्य रहेको पुष्टि गर्दछ ।

धादिङबेसी बजार क्षेत्रमा गिटी कुट्ने, इट्टा बोक्ने देखि सरकारी वा गैर सरकार संस्थाका मुख्य पदहरुमा पनि महिला सहभागिता कम छैन ।