प्रजुन कुमार अधिकारी
गंगाजमुना गाउँपालिका फुलखर्क
हालः मकाउ
बिभिन्न पेसामा आबद्ध भई विदेशमा बस्ने
हाफपाईन्ट सेतोसट कालोचस्मा लगाई हासको पोथी जस्तो ढल्किदै हिडेको, चिल्लो कारको अगाडी पछाडी बसेको चिल्ला सडक र गगनचुम्बी घरहरू र नतर्कि सेलिब्रेर्टीलाई दाया बायाँ पारेर खिचेको तस्बिर हरूले मात्र तपाईको फ़ेसबुक (सामाजिक संन्जालमा) नभर्नुस् ।
विदेशमा बस्दा गरिने दुस्ख संघर्ष र परिश्रमको काहानीहरू पनि यथार्थ राखिदिनोस् हरेक महिना बैंकको क़िस्ता फाईन्सको ब्याज साहुको ऋणले दिने पिडा पनि सुनाऊनुस, डिऊटीमा कंस्ट्रक्शनको खटाई धुलो महिलो सुपरमार्केटको खटाई पसलको, खटाई १२-१६ घन्टाको स्टाडिग्ङ पोजिसनको पिडा पनि सुनाऊनुस के काम गर्दै हुनुहुन्छ ।
त्यो पनि बताई दिनोस् कामको शिलसिलामा हुने मानसिक तनाव, शारीरिक दुख पिडाको पनि जानकारी दिनोस् विदेशमा बस्दा घर परिवार चाड पर्व रितीरिवाज आफ्नो कला संस्कृति सामाजिक रितीरिवाजले दिने सम्झना पिडा पनि बत्ताई दिनोस्, दिनमा कति समय खट्नु हुन्छ । दिन रात जाडो गर्मी घाम पानी केही नभनि खटिएको कुरा पनि जानकारी दिनोस् महिनाको एकलाख रूपयाँ कमाएर जुठो टिफिनको बट्टा झोलामा बोक्दाको पिडा पनि सुनाऊनुस् १ तपाई हामीले दुख यथार्थलाई लुकाएर सामाजिक संन्जाल फेसबुकमा तपाईको मोजमस्तीको जिवनशैलि संगै (Glamorous lifestyle) लोभको कारणबाट नेपालको वस्तीहरू छिन्नभिन्न ऊथल पुथल घर परिवार लथालिङग भताभुङ हुने बाल बच्चा छाडेर मोजमस्तीमा लाग्ने जहान पोईल जाने प्रवृती बढेको हो ।
सल्लाह रोकथाम र नियन्त्रण गर्न तपाईहरूले आफ्नो बनावटी मोजमस्तीको जिवन होईन साथी वास्तविक रियालिटी देखाई दिनोस् बासी भात झोलामा बोकेर १२-१३ बजे खादाको अनुभब साँचो यथार्थ सुनाई दिनोस् त्यसले गर्दा तपाईको घर बन्छ १ परिबार बन्छ टोल बन्छ गाऊँ बन्छ । देश बन्छ मलाई लाग्छ तपाई आफ्नो घर पहिरो लगाई, आगो लगाई खरानी बनाई उड़ाऊने काम तपाई आफैले गर्नु भएको छ । यसको दोषी तपाई आफै हो छात्तीमा हात राखेर सोच्नुस् । हप्ताको एक दिन बिदामा बिभिन्न सेलिब्रिटीलाई भेट्यो पार्टी हुस्कीको चुस्की लिदै सेलिब्रिटी संग खिचेको फोटो सामाजिक संन्जाल फ़ेसबुकबाट साथीभाईको संगतबाट तपाईको परिवार समक्ष पुग्छ । अनि रिसले आगो हुदै य म याहा भनि यती दुख गरेर सारा समेटेर बस्ने ऊ भने मोजमस्ती र बिलासिताको जिवन बिताऊने भन्दै रिसले दैनि । आज किमा प्रभाव पर्दै जान्छ । आज भन्दा भोलि भन्दा बढदै जान्छ अनि तनाब पिडा डिप्रेशन सबै हुन थाल्छ र साथी भाईको संगत पनि बढन थाल्छ । बिस्तारै कुबाटो तिर डोरिदै जान्छ ।
त्यो सबै कुरा एक कान दुई कान हुदै सबैको परिवार समक्ष पुग्छ अनि भई रहेको बिस्वास पनि कम हुदै जान्छ । मन मुटाब बढदै जान्छ १ दुबै तिर टेन्सन र तनाब बढदै जान्छ । दुबैको लत ले सिमा पार गर्न बेर लाग्दैन । बेलुका २-४ प्याग तानेपछि अतितको कुरालाई सम्झन्छ । फोन गर्न थाल्छ नसामा बोल्ने नबोल्ने सबै बोल्छ बिस्वास घट्दैजान्छ । मन मस्तिकलाई समेटेर कन्टोल गर्न सक्दैन । अनि चिल्लो मसिनो बोलिमा लटपटिन थाल्छ । १४-१५ घन्टाको दुख र मानसिक शारीरिक बौदिक सामाजिक आर्थिक साईकोलोजिक तनाब टेन्सन डिप्रेशन सबै भए पछी तनावमा जिन्दगी खरानी बन्छ ।
त्यसैले सधै आफ्नो परिवारलाई माया ममता स्नेहको नजरमा राँख्नुस नकारात्मक सोचलाई हटाऊनु होस् । आफ्नो कर्तव्य पालन गर्नोस् । आफ्नो ज़िम्मेवारी बहन गर्नुस् सबै साँचो यथार्थलाई नलुकाऊनुस् सुमधुर सम्बन्ध राख्नुस घमण्डलाई फाल्नोस यो अति महत्वपूपुर्ण छ ।
कहिले पनि रक्सी पियर घरमा फोन नगर्नुस दैनिक फोन र म्यासेज गरिरहनुस् टाढा होईन गाडा स्नेह दिनुस् श्रीमति भनेको घरको लक्ष्मी हो लक्ष्मीको कदर गर्न जान्नुस । तपाई विदेशमा बस्नुहुन्छ यता श्रीमती एक्लै व्यवहार धानेर बसेकी हुन्छिन् समाजमा केहि त्यस्ता पात्र हुन्छन् जसले अरुको भलो भन्दा कुभलो सोचिरहेका हुन्छन् । ति पात्रले विभिन्न माध्यमबाट तपाई सम्म तेरी श्रीमती छाडा हुँदै गाएकी छे, परपुरुष सँग उठबस छ समेत छ भनेर तपाई सम्म पूर्याउँछन् । तपाईले यहि निहुँलाई विश्वास गर्नुभयो भने पारिवारीक संकट सुरु भै हाल्छ ।
वास्तविक कुरा थाहा पाऊन सक्दैन, सारा नष्ट भयपपछि हिस्स बुडी खिस्स दाँत देखायर काम छैन बेलैमा सोचौ सजग सचेत बनौ परिवार छ सबै छ । परिवार नै महत्वपूर्ण कुरा हो, ईमानदार बफादार ईज्जतदार अभिभावक बनौ घर परिवार भए संसार छ । विदेशको रमझममा नभुलौ विदेश भनेको पाखुरामा बल गालामा रगत मनमा आट र गोजिमा गाँठ हुनजेल मोज हो ।
आफू सेमिनार भएन भने विभिन्न सेलिबे्रटीहरुको फोटो सेर गर्ने, रम्ने घरकी श्रीमतीलाई माया ममता नगर्ने भएपछि एक्ली भएको महसुस र पिडामा विकल्प खोज्न वाज्यपार्ने हामी आफै हो । सचेत रहोऔं । तपाईको व्यावहार र विस्वास नै घर परिवारको सुरक्षामा प्रभाव पार्दछ ।