धादिङको तिप्लिङमा ४५ गोठमा ३ सय चौंरी

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २१, २०७४

धादिङ जेष्ठ २१ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका तिप्लिङमा ४५ गोठमा ३ सय चौरी पालन गरिएको छ ।

चौरी पालन व्यवसायलाई कसरी व्यवस्थित आम्दानी मुलक वनाउन सकिन्छ भन्नेबारे चौरी पालक किसानहरुले तालिम लिन क्रमममा ४५ गोठमा ३ सय चौरी पालन गरिएको जानकारीमा आएको हो ।

जिल्ला पशु सेवा कार्यालय अन्तर्गत पशु आहार विकास कार्यक्रमले उत्तरी धादिङ तिप्लिङका परम्परागत चौंरी गोठालाहरुलाई गोठको सुधार, चरन र खर्क विकास संगै चौंरीवाट लिन सकिने आम्दानीका श्रोतहरु बारे जानकारी गराउन उक्त तालिमको सम्पन्न भएको थियो ।
जिल्लाका उत्तरी भेकमा रहेको प्रमुख चौरी पालन पेशा प्रति आकर्षण वढाउन र चौंरीबाट आर्थिक आम्दानी गर्न चरन खर्कहरुको विकास कार्यक्रम लागु गरिएकोछ ।

चौंरी खर्कको संरक्षण र विकासका लागी दिनेश घलेको संयोजकत्वमा खर्क उपभोक्ता समूह समेत गठन गरिएकोछ । उक्त समितीमा कोषाध्यक्ष रुपा घले, सचिव रामवहादुर तामाङ्ग र सुनार तामाङ्ग, जोमसाई घले र दावा तामाङ्ग सदस्य रहेका छन् । सदस्य सचिवमा जिल्ला पशु सेवा कार्यालयको तर्फबाट कृष्ण कोईराला रहेका छन् ।

यस समिती मार्फत चौंरी विकास र खर्क संरक्षणको लागी चालु आर्थिक वर्षमा ५ लाख रकम प्रदान गरिएको पशु सेवा कार्यालय प्रमुख देवेन्द्र भगतले बताउनु भयो । तस्वीर: हरिहरसिंह राठौर