धादिङको सिडियो फेरिए, महेश आचार्य आए, ढकाल गए

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २१, २०७४

धादिङ जेष्ठ २१ । सरकारको गृह मन्त्रालयले ११ जना सिडियो सरुवा गरे सँगै धादिङमा महेश आचार्य आए भने धादिङका कार्यमुकायम सिडियो उमेशकुमार ढकाल गृह फिर्ता भएका छन् ।

मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ११ सहसचिव र १५ उपसचिवको सरुवा गरे सँगै धादिङमा महेश आर्चायको आगमन र ढकाल फिर्ता भएका हुन् ।

गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीलाई काठमाडौंको सिडिओमा सरुवा गरिएको छ । कर्मचारी प्रशासन महाशाखाका प्रमुख राजकुमार श्रेष्ठलाई ललितपुरको सिडिओमा र कास्कीका सिडिओ हरि मैनाली, ललितपुरका दीपक काफ्ले र बाग्लुङका भगीरथ पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै, कास्कीमा तारानाथ अधिकारी, बाग्लुङमा ऋषिराम तिवारी, धादिङमा महेश आचार्य, तनहुँमा रितेश शाक्य तथा नुवाकोटमा जगदीश बरालको सरुवा भएको छ । नुवाकोटका विष्णु पोखरेलको क्षेत्रीय प्रशासन कार्यालय पोखरामा सरुवा भएको छ ।

यसैगरी, पर्वतको सिडिओमा राजेश पन्थी, दैलेखमा प्रकाशचन्द्र अधिकारी, मुस्ताङमा रामचन्द्र अधिकारी तथा मनाङमा सुनील खनालको सरुवा भएको छ ।